काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले भोलि शुक्रबार (पुस ३ गते) गतेदेखि बुक क्लोज गर्दैछ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन आज (पुस २) सम्म यो संस्थाको सेयरधनी कायम हुनुपर्नेछ ।

संस्थाले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही माघ ११ गते शनिबरा विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ५ लाख ८७ हजार ६८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ५८ लाख २० हजार ४०४ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ ।

सभामा अन्य कुनै एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थासित आपसमा गाभ्ने र गाभिने सम्बन्धमा कम्पनीको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्ने मूल्यांकनकर्ताको नियुक्ति गर्नेलगायतका गाभिने सम्बनधी सम्पूर्ण प्रक्रिया र कार्य गर्न सञ्चालक समितिलाई अख्तियार दिने निर्णय पनि सभाले पारित गर्नेछ ।