काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म सिर्जना फाइनान्सको नाफा उल्लेख्य रुपमा कमी आएको छ । फाइनान्सले प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार खुद नाफा ३२ प्रतिशतले कम भएको हो । गत वर्षको यही अविधसम्ममा फाइनान्सले ८२ करोड ९६ लाख खुद नाफा आर्जन गरेको थियो । तर यस वर्ष खुद नाफामा ३२ प्रतिशत अर्थात् २७ करोड १२ लाख रुपैयाँले कमी आएर ५५ करोड ८३ लाख ९० हजार रुपैया मात्र पुग्न सकेको छ ।
 
समीक्षा अवधिमा फाइनान्सको ब्याज आम्दानीका साथै सञ्चालन आम्दानीमा समेत कमी आएकाले नाफा कम हुन पुगेको हो । यस अवधिमा फाइनान्सले १२ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा करीव ७ करोड २३ लाख रुपैयाँले कम हो । गत वर्षको यही अवधिसम्ममा फाइनान्सले २० करोड २५ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । कम्पनीले गत वर्षको भन्दा ३९ प्रतिशत कममात्र ब्याज आम्दानी गर्न सकेको हो । 
 
यसैगरी फाइनान्सको सञ्चालन आम्दानीमा व्यापक कमी आएको छ । समीक्षा अवधिमा फाइनान्सले २० करोड ५६ लाख सञ्चालन आम्दानी गरेको छ । गत वर्ष फाइनान्सले २२ करोड ५० रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो गत वर्षको भन्दा १ करोड ९६ लाख कम हो । 
 
कम्पनीका अधिकांश सूचक नकारात्मक देखिएका छन्  । कम्पनीमा खराब कर्जा अनुपात क्रमश वृद्धि हुँदै गएको छ । गत वर्ष कूल कर्जाको २ दशमलव ४६ प्रतिशत कर्जा खराब कर्जा रहेको फाइनान्समा सो अनुपात वृद्धि भई ३ दशमलव ७ प्रतिशत पुगको छ । यसैगरी प्रतिशेयर आम्दानीमा समेत कमी आएर १८ दशमलव ८९ रुपैया कायम भएको छ । 
 
गत वर्ष ३० करोड २४ लाख चुक्ता पूँजी रहेको कम्पनीले चुक्ता पूजी वृद्धि गरी ४० करोड नघाए पनि नाफा बढ्न नसकेका कारण कम्पनीको वित्तीय अवस्था सकारात्मक मान्न सकिँदैन । गत वर्ष १ करोड १८ लाख रुपैया मात्र स्टाफमा खर्च गरेको फाइनान्सले यस वर्ष २ करोड ९५ लाख ७२ हजार पु¥याएको र अन्य खर्च समेत झन्डै दोब्बर भएकाले कम्पनीको नाफामा कमी आएको हो ।