काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आउँदो असोज १७ गतेदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुलाउने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाउने भएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ १० सेयरबराबर ६ सेयर (१०ः६) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सेयरधनीहरुले कात्तिक २१ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तोकिएको छ ।