काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन तथा प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार सम्झौता भएको छ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९१० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूत गर्ने दुई कम्पनीबीच सम्झौता भएको हो। उक्त प्रत्याभूतिमा सीआईटीका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतासँग चन्द्रागिरी हिल्सको आईपीओ नबिकेको खण्डमा नबिकेका कित्ता सीआईटीले खरिद गर्नुपर्ने हुन्छ। 

आईपीओ निष्कासनमा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहने बताइएको छ।