काठमाण्डौ । सुजुकीका चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ ।

सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिनेछ । १८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने विश्वास गरिएको छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक  सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो । 

सो अवसरमा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने,“देशको अटोमोटिभ क्षेत्रमा हामी अग्रणी छौं र सडक सुरक्षामा हाम्रो पनि जिम्मेवारी रहेको छ । यहाँका सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारीपूर्व गर्नुभएको कार्यहरु प्रशंसनीय छन् । हाम्रा सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित गरिएको यस सिसि क्यामराको हस्तान्तरण हाम्रो ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यहरुमध्येको एक हो ।”