काठमाण्डौ । सीटीसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरैअफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ ।

अघिल्लो आइतबारबाट सुरु भएको मोबाइल मेलामा मोबाइल खरिद गर्दा निःशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने हबले जनाएको छ । विभिन्न मोबाइल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरैअफरसहितको मोबाइल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाइवान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ ।

मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए ।

मेलामा आउने ग्राहकका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ ।

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफुले खरिद गरेको मोबाइलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशुल्क पाइनेछ।

हरेक दिन मेला अवलोकनकर्तामध्येबाट लक्की ड्रमार्फत एकजनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाइलको खरिदमा ग्राहकले हात खाली नजाने उपहारसमेत पाउनेछन् ।

असोज ५ गत्ते बाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कारस्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एकजनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप वितरण गरिनेछ ।

मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन् ।