काठमाण्डौ । सीबीआइएल क्यापिटल लिमीटेडको अध्यक्षबाट समीरप्रसाद दाहालले राजीनामा दिएका छन् । उनको राजीनामासँगै रिक्त रहेको पदमा पारसकुमार काफ्ले नियुक्त भएका छन्। 

कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको ६४ औं बैठकले सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको तर्फबाट मनोनीत दाहालले व्यक्तिगत कारण देखाई संचालक पदबाट दिएको राजीनामा स्वीकृत गरी काफ्लेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामूहिक लगानीकोषको प्रवद्र्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त भएको सि.वि.आई.एल. क्यापिटल लिमीटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । 

यो कम्पनीमा कर्मचारी सञ्चयकोष,  नागरिक लगानीकोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । 

काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ र यहीँबाट नै मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भर्ई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरका सात प्रदेश स्थित सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानीकर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदा नगर्दै आएको छ ।