काठमाडौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आज सामेबारदेखि ‘स्मार्ट सेभेन डे अफर’ सुरु गरेको छ। 

यो योजना सुजुकीका सबै स्मार्ट हाइब्रिड रेन्ज गाडीमा लागू हुनेछ। बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल–६ सुजुकीका स्मार्ट हाइब्रिड गाडी हुन्। यो योजनाअन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन्।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ। सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्यूनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ। 

यो योजना साउन ३२ गतेसम्म अर्थात अबको ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध हुने कम्पनीले जनाएको छ।