काठमाण्डौ । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डबल मज्जा’ अफर ल्याएको छ । 

काठमाडौंमा मंगलबारबाट सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डबल मज्जा’ अफर उपलब्ध गराएको हो । 

नाडा अटो शोमार्फत कम्पनीले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शो रुमहरुबाट समेत उपलब्ध हुनेछ । 

‘डबल मज्जा’ अफरअन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँसम्म सटही बोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्र्याच कुपन, २ बर्षसम्मका लागि निःशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्टे«शन निशुल्क उपलब्ध गराउने रहेका छन् । यसबाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।