काठमाण्डाौ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ ।

सुजुकी ब्राण्डका चार पाङ्ग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत छन् । 

यो सुविधा २०१६, २०१७ तथा २०१८ कामोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ  । “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर अन्तर्गत उपभोक्ताले ४.५लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्र्याच कुपन, रोड ट्याक्स र रजिष्टे«शन निःशुल्क उपलब्ध गराउने रहेका छन् ।