काठमाण्डौ । सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायाबायाँ भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुन्छ ।

ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियरमा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवातमै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता हो ।

सिलेरियोले आफूलाई पूर्ण फेमिली कारको रुपमा नेपाली बजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपालीबजारको चाहनाअनुरुप अझ स्टाइलिस अनि स्र्पोटि बनाउँदै लग्ने लक्ष्य राखेको छ ।

सिलेरियो एक्स सम्पूर्ण नयाँ ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिनब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिस्कृत समयोजनले गाडीको इन्टेरियर अझ स्पोर्टी देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समीश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समायोजनले गाडीको स्पोर्टी लुक्सलाई थप निखार दिएको छ ।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षितबनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोलसहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाई घटबढ लगायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ । 

शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ किलोमिटरको माइलेज दिने दाबीगरिएको छ । यो गाडी शुभारम्भ मूल्य रु. २६,९९,००० मा बजारमा उपलब्ध छ।