काठमाण्डौ । स्विफ्ट ह्याचब्याक कार सुजुकीको ग्लोबल प्रडक्ट हो । जुन निकै लोकप्रिय छ ।

नेपाल र भारतमा यो कार निकै मन पराइएको छ । अब सुजुकीले थाइल्यानडमा जारी इन्टरनेसनल मोटर एक्सपोमा स्विफ्ट एक्सट्रिम नाममा एउटा कन्सेप्ट कार पेस गर्न गइरहेको छ । यो कन्सेप्स कारमा स्ट्यार्डर्ड स्विफ्टको तुलनामा थुप्रै परिवर्तन गरिएको छ । जसले यो कारलाई स्पोर्टी र अग्रेसिभ लुक दिएको छ ।

स्विफ्ट एक्सट्रिम कन्सेप्ट कारको ग्रिल सानो र फरक डिजाइनको छ । फ्रन्ट बम्रमा प्रमानेन्ट एयर ड्याम र रेड हाइलाइटका साथ लिप स्पाइलर एमिलमेन्ट दिइएको छ । अपर इनसाइड एजका साथ हेडल्याम्पको बडी कलर प्यानल एक्सटेन्सन दिइएको छ । जसका कारण कारको बोनटको लुक निकै फरक देखिन्छ । बोनटको सेन्टमा ब्ल्याक ट्रिमिङ गरिएको छ । बोनट दिइएको गहिरो लाइन्स र ब्ल्याक ट्रिमिङ स्विफ्ट एक्सट्रिमलाई अग्रेसिभ लुक दिएको छ ।

यो कन्सेप्ट कारमा ग्लास ब्ल्याक फिनिस फेन्डर एक्सटेन्स दिइएको छ । जुन कुनै पनि एसयूभीमा पाइने क्ल्याडिङजस्तै देखिन्छ । यसका साथै डोर सिल्समा पनि यस्तै क्ल्याडिङ गरिएको छ ।

कारमा ठूलो र मल्टी स्पोक ह्विलज् रहेका छन् । यो कारको रियर लुक पनि स्ट्यानडर्ड स्विफ्टभन्दा फरक र स्पोर्टी छ । 

कारको पछाडि बाहिरतिर निकालिएको ग्लास ब्ल्याक रुफ माउन्टेड स्पाइलर दिइएको छ । यसका साथै टेल ल्याम्प्सको बीचमा एउटा मोटो ग्लास ब्ल्याक पट्टी र फक्स डिफ्युजर एलिमेन्टका साथै नयाँ रियर बम्पर दिइएको छ । रियर बम्परको दुवैतिर कर्नरमा स्क्वायर सेपमा एग्जस्टका लागि एग्जिट दिइएको छ ।

मोटर शोमा पेस गरिएको कारको इन्टिरियर र इन्जिका बारेमा कुनै जानकारी भने दिइएको छैन । यो कार कहिले बजारमा बिक्रीका लागि ल्याइन्छ भन्ने जानकारी पनि कम्पनीले उपलब्ध गराएको छैन ।

स्विफ्ट भारतीय बजारमा सन् २००५ मा लन्च गरिएको थियो । अहिले यो कार थर्ड जेनरेसन मोडलमा उपलब्ध छ । – एजेन्सी