काठमाण्डौ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा  सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ । 

कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा रु. २०००० को नगद छुट पनि प्रदान गरेको छ । 

कम्पनीले २ वर्ष/३०००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । 

कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ, जसअन्तर्गत इञ्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्यूल अनुसार पर्दछन् ।

बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११,९९,०००  रहेको छ । कम्पनीकाअनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।

७९३ सिसिको ट्विन सिलिण्डरयुक्त डिजेल इञ्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ विएचपि को ३५०० आरपिएम तथा२००० आरपिएमको अधिकताम ७५ एन एम को टर्क विद्यमान छ ।

यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दुरी तय गर्ने कुरामा कम्पनीको दाबी समेत रहेको छ । 

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । 

लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइलचार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इञ्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गका लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु हुन् ।