काठमाण्डौ । ललितपुरको धोबीघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेञ्ज क्याम्प हुने भएको छ । 

जेठ २८ देखि ३० गतेसम्म गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने सर्भिस सेन्टर हेड मधुसूदन सिग्देलले बताएका छन् । 

सो अवसरमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ । त्यसैगरी गाडीमा कम्प्लिमेन्टरी वास र समर भेइकल केयर टिप्स तथा अन्य थुप्रै सुविधाहरु उपलब्ध गराइने बताइएको छ । 
सोही अवसरमा कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ गाडी साट्न सकिने गरी एक्सचेञ्ज सुविधा समेत उपलब्ध हुनेछ ।

एक्सचेञ्जका लागि शून्य दशमलव ५ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत उपलध हुनेछ । त्यसैगरी निःशुल्क नामसारी र सवारी कर समेत छुट उपलब्ध गराइने कम्पनीको भनाई छ । ग्राहकहरुले ३ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने दाबी गरिएको छ ।

सुजुकी सर्भिस सेन्टरको रुपमा रहेको सौर्य इन्टरप्राइजेज कन्सर्नको समन्वयमा सो क्याम्प हुन लागेको हो ।