काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ । 

कावासोती, हेटौडा, वीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको छ ।

कम्पनीका अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ । नेपाली परिवारलाई खरिदअघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ ।

सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तले भने, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाँै र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ । ”

सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरियो र एक भाग्यशाली ग्राहकले रु १ लाखको क्यासब्याक प्राप्त गरे ।