काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले स्वीफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ। 

सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले यो पछिल्लो मोडेलको अनावरण गरेका छन्। 
 
नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियरसहित एक उत्कृष्ट डिजाइन रहेको छ। 
 
सुजुकीको अभिनव पाचौँ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको कम्पनीले भनाई छ । 
 
स्वीफ्टको नयाँ मोडेल प्रस्तुत गर्दै सीजी मोटोकोर्पका कार्यकारी निर्देशक चौधरीले भने–‘नयाँ स्वीफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फमेन्सका लागि रुचाइएको मोडल हो । म विश्वस्त छु, यस नयाँ स्विफ्टसँगै हामी हाम्रा उपभोक्ताहरुका भावनालाई बुझेर उहाँहरुको अपेक्षाअनुसारको सवारी प्रदान गर्न सफल रहनेछौं ।’ 

यस मोडेलले पेट्रोलमा २२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ। २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमी भन्दा धेरै चौडा र २० मिमी लामो व्हील बेस रहेको छ। 

कम्पनीले यसको प्रारम्भिक अफरसहितको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेको छ।