काठमाण्डौ । यो साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको हो । हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार ३०० र तेजाबी सुन ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । कारोबार पहिलो दिन आइतबार र सोमबार भने सुनको भाउ समान प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँ रहेको थियो ।

उता चाँदीको भाउ पनि बिहीबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ८८० रुपैयाँ थियो ।