काठमाण्डौ । लगातार उकालो लागिरहेको सुनको भाउमा सोमबार सामान्य करेक्सन भएको छ । 

तोलामा ३ सय रुपैयाँले घटी सोमबार सुन ५६ हजार ७ सयमा कारोबार भएको हो । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर २५ महिनाको रेकर्ड ब्रेक गर्दै ५७ हजार रुपैयाँ पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा बढ्दो भाउ, कच्चा तेलको मूल्यमा समेत भइरहेको बढोत्तरी लगायतको प्रभाव नेपाली बजारमा समेत परेका कारण सुनको भाउ निरन्तर उकालो लागिरहेको थियो । 

सुनसँगै चादीको भाउमा समेत सोमबार सामान्य करेक्सन भएको छ । तोलामा ५ रुपैयाँ कम भई चाँदीको भाउ सोमबार प्रति तोला ८ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको प्रभावले उकालो लाग्ने क्रम जारी रहेको थियो ।