काठमाण्डौ । भदौको तेस्रो साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल ७१ हजार ५०० र तेजाबी ७१ हजार २०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा एकैदिन १ हजार ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो। सुनको भाउ बिहीबार पनि अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेर प्रतितोला छापावाल सुन ७३ हजार ४०० र तेजाबी सुन ७३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

गत बुधबार भने अघिल्लो दिनको तुलनामा एकैदिन १ हजार रुपैयाँ बढेर गत बुधबार सुनको भाउ प्रतितोला छापावाल ७३ हजार ५५ रुपैयाँ र तेजाबी ७३ हजार २०० रुपैयाँ कायम भएको थियो । सुनको भाउ मंगलबार प्रतितोला छापावाल ७२ हजार ५०० र ७२ हजार २०० कायम भएको थियो । मंगलबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले बढेको थियो ।

गत साताको कारोबारको पहिलो र दोस्रो दिन क्रमशः आइतबार र सोमबार भने सुनको भाउ प्रतितोला छापावाल ७२ हजार रुपैयाँ र तेजाबी ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो । जुन अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा ४०० रुपैयाँले घटेको थियो ।

समग्रमा गत साता सुनको भाउ स्थिर रहेको देखिएको थियो ।