काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ आइतबार सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । जसअनुसार आइतबार प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी ७१ हजार रुपैयाँ कायम भएको छ ।

गता साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

लगातार घट्दै गएको सुनको भाउ गत साता अघिल्लो साताको तुलनामा ४०० रुपैयाँले बढेको थियो।

चाँदीको भाउ भने आइतनबार प्रतितोला ८६५ रुपैयाँ रहेको छ ।