काठमाण्डौ । सुनको भाउ बुधबार फेरि तोलामा ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ६०० रुपैयाँले बढेर सुनको प्रतितोला छावापाल ७२ हजार रुपैयाँ र तेजाबी ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो मंगलबार प्रतितोला छापावाल ७१ हजार ४०० रुपैयाँ र  तेजाबी ७१ हजार १०० रुपैयाँ थियो ।

सुन मंगलबार तोलामा १०० रुपैयाँले बढेको थियो । अघिल्लो दुई दिन सोमबार र आइतबार सुन प्रतितोला छापावाल ७१ हजार ३०० रुपैयाँ र तेजाबी ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।