काठमाण्डौ । कारोबारको चौथो दिन बुधबार सुनको भाउ फेरि ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा रु ६०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै बुधबार नेपाली बजारमा प्रतितोला छावावाल सुन रु. ७० हजार २०० र तेजाबी रु ६९ हजार ९०० मा कारोबार भइरहेको छ ।

नेपाली बजारमा हिजो मंगलबार प्रतितोला छापावाल सुन रु. ७० हजार ८०० र तेजाबी रु. ७० हजार ५०० मा कारोबार भएको थियो । हिजो पनि सुनको भाउ प्रतितोला रु २०० घटेको थियो ।

यसैगरी कारोबार पहिलो दिन आइतबार प्रतितोला छापावाल रु. ७१ हजार २०० र तेजाबी रु ७० हजार ९०० मा कारोबार भएकोमा दोस्रो दिन सोमबार रु २०० ले घटेर प्रतितोला छापावाल रु ७१ हजार र तेजाबी रु ७० हजार ९०० मा कारोबार भएको थियो ।

समग्रमा यो साता कारोबारको चौथो दिनसम्म सुनको भाउ तोलामा रु १ हजारले घटिसकेको छ । यसले यो साताभरि नै सुनको भाउ घट्ने संंकेत देखाएको छ ।