काठमाण्डौ । यो साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले बढेर बिहीबार बजारमा प्रतितोला छापावाल सुन ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो बुधबार प्रतितोला छापावाल ७१ हजार ४०० रुपैयाँ र तेजाबी ७१ हजार १०० रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा रु २०० रुपैयाँले बढेको थियो ।

सुनको भाउ सोमबार र मंगलबार पनि स्थिर रह्यो । दुवै दिन प्रतितोला छापावाल सुन ७१ हजार २०० रुपैयाँ र तेजाबी ७० हजार ९०० रुपैयाँमा कारोबार भयो । यो साताको कारोबार पहिलो दिन आइतबार भने प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

उता चाँदीको भाउ बिहीबार प्रतितोला १० रुपैयाँ बढेर ८६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो बुधबार प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो ।