काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज सोमबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो । भाउ घटेर प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार सुनको भाउ प्रतितोला छापावाल ७१ हजार २०० रुपैयाँ र तेजाबी ७० हजार ९०० रुपैयाँ कायम भएको थियो । गत शुक्रबारको तुलनामा हिजो आइतबार पनि एकैदिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो ।

यो साता कारोबारको दुई दिनमै सुनको भाउ तोलामा ७०० रुपयाँले घटिसकेको छ ।

यसैगरी चाँदीको भाउमा गिरावट आउने क्रम जारी छ । कारोबारको दोस्रो दिन सोमबार तोलामा ५ रुपैयाँ घटेर चाँदी प्रतितोला ८३५ रुपैयाँमा कायम भएको छ । चाँदीको भाउ आइतबार तोलाको ८४० रुपैयाँ थियो । जुन गत शुक्रबार तुलनामा १० रुपैयाँले घटी हो ।