काठमाण्डौ । यो साता पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।

गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर आइतबार प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको हो ।

नेपाली बजारमा सुनको भाउ गत साताको पहिलो कारोबार दिनदेखि नै घट्न थालेकोमा यो साताको पहिलो दिनदेखि थोरै बढेको हो । गत साता समग्रमा सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो ।

गत महिना पुसको तेस्रो कारोबार सातामा भने सुनको भाउमा उछाल आएको थियो । पुस २३ गते नेपाली सुन बजारमा सुनको भाउले उच्च रेकर्ड कायम गरेको थियो । यो दिन सुन प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

गत पुस २३ गतेबाट घट्न थालेको सुनको भाउमा अहिलेसम्म तोलामा १ हजार ५०० रुपैयाँको गिरावट आइसकेको छ ।

यो साता पहिलो कारोबार दिन चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ८८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको थियो।