Symbolic Photo
काठमाण्डौ। नेपालमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ।
प्रतितोला एक हजार रुपैयाँले बढेर नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा र बुधबार ६३ हजार रुपैयाँमा किनबेच भएको थियो। शुक्रबारको मूल्य अहिलेसम्म नयाँ रेकर्ड रहेको महासंघले जनाएको छ।
असारको पहिलो साता पहिलो दिन आइतबार ६३ हजार रुपैयाँ प्रतितोलामा कारोबार सुरु भएको बहुमूल्य पहिलो धातु शुक्रबारसम्म आइपुग्दा ६५ हजार रुपैयाँ पुगेको हो। दोस्रो दिन सोमबार १०० प्रतितोला बढेको सुनको भाउ तेस्रो मंगलबार र चौथो दिन बुधबार पुनः ६३ हजार रुपैयाँमा झरेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउले उच्च छलाङ मारेको हो।
अन्तर्राष्ट्रि बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा त्यसको प्रभाव परेको हुन सक्ने जानकारहरु बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँश १३ सय ४४ डलरमा कारोबार भएको थियो भने बिहीबार ३६ डलर बढेर १३ सय ८० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँश ४.५१ प्रतिशतले बढेको छ।
चिन र अमेरिकाको व्यापार युद्धले सुन बजार प्रभावित रहेको अनुमान गरिएको छ। व्यापार युद्धले अमेरिकी र युरोपेली मार्केट सुस्त रहेको अवस्थामा लगानीकर्ताले सुन सञ्चय गर्न थालेका कारण पनि बजारमा सुनको भाउ महँगिएको हुन सक्ने सुनचाँदी व्यवसायीहरु बताउँछन्।
यसअघि नेपाली बजारमा २०७० साल भदौ १२ गते सुनको भाउ प्रतितोला ६३ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यतिखेर सुनको मूल्य एकैदिन तीन हजार चार सय रुपैयाँ बढेर नयाँ रेडर्क कायम भएको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago