काठमाण्डौ । बढ्दो सुनको भाउले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । तोलामा ४०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

गत साता अन्तिम कारोबार दिन सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन पनि सुन तोलामा ४०० रुपैयाँले बढेको थियो ।

उता चाँदीको भाउमा पनि आइतबार गिरावट आएको छ । आइतबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला ८८० रुपैयाँ कायम भएको थियो । गत साता अन्तिम कारोबार दिन शुक्रबार चाँदीको भाउ ८८५ रुपैयाँ रहेको थियो । यो दिन चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।