काठमाण्डौ । फागुुन १२ गते नेपाली सुुन व्यवसाय इतिहासमै सबैभन्दा उच्च अर्थात प्रतितोला ८० हजार ३ सयको विन्दुुमा पुुगेको सुुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । आज नेपाली बजार सुुनको भाउ बिहीबारको तुलनामा प्रतितोलामा ५०० रुपैयाँले घटेर ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर फाइन गोल्ड प्रतितोला ७८ हजार दुुई सय र स्ट्याण्डर्ड गोल्ड प्रतितोला ७८ हजार ९ सय रुपैया कायम भएको छ । 

त्यस्तै सुुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँको गिरावट आई ८ सय ८० रुपैयाँमा झरेको छ । 

हिजो नेपाली बजारमा फाइन गोल्ड प्रतितोला ७९ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै स्ट्याण्डर्ड गोल्ड ७९ हजार ४ सयमा कारोबार भएको थियो ।