काठमाण्डौ। लगातार ओरालो लाग्ने क्रममा रहेको सुनको भाउमा मंगलबार पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामै ७०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४६० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ। 

यो साता कारोबारको पहिलो दिन आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। 

गत साता शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६५ रुपैयाँ कायम भएको छ। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला ९५० रुपैयाँ कायम भएको छ।