काठमाण्डौ । सुनको भाउ आज सोमबार पनि घटेको छ। 

लगातार रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ हिजो आइतबारदेखि गिरावट आउन थालेको हो। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको थियो। 

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ। यो गिरावटसँगै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार चाँदीको भाउ हालसम्म उच्च विन्दुमा पुगेको थियो। आइतबार तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ४१० रुपैयाँ कायम भएको थियो।