काठमाण्डौ । नेपाली बजारमा लगातार दुई सातादेखि लगातार बढिरहेको सुनको मूल्यमा बुधबार एकएक ब्रेक लाग्दै एकैपटक तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको ७० हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको ७० हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार तालामा एकैपटक १ हजार रुपैयाँले बढेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबारदेखि स्थिर रहँदै आएको सुनको भाउ मंगलबार एकैपटक १ हजार रुपैयाँ बढेको थियो । जुन नेपालकै इतिहासमा सुनको भाउ सबैभन्दा बढी हो ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार र तेजाबी ६० हजार ७०० रुपैयाँ रहेको थियो । त्यसपछि आइतबार र सोमबार सुनको भाउ स्थिर रहेको थियो ।

दुई सातायतामात्रै सुनको भाउ तोलामा ५ हजार २०० ले बढेको थियो। तर बुधबार एकाएक बढोत्तरीमा ब्रेक लाग्दै ७०० रुपैयाँ घटेको हो ।

अमेरिक–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् । यद्यपि बुधबार सुनको भाउ घटेपछि पुनः बढ्ने सक्ने व्यवसायीहरुले अनुमान छ ।