काठमाण्डौ । बेलायतको अक्सफोर्डसायरस्थित ब्लेनेहम दरबारबाट रहेको १८ क्यारेट सुनले बनेको ट्वाइलेट चोरी भएको छ ।

थेम्सबेली प्रहरीका अनुसार अज्ञात समूह ब्लेनेहम दरबारमा प्रवेश गरेर त्यो महँगो कलाकृति चोरेर लगेको हो । सुनको यो ट्वाइलेट इटालीका एक कलाबार मौरिजियो क्याटेलनले बनाएका थिए । यसको अहिलेको मूल्य ४.८ मिलियन पाउन्ड स्ट्रलिङ रहेको छ ।

दरबारमा यो ट्वाइटेल प्रदर्शनमा राखिएको थियो । यो ट्वाइटेल प्रयोगमा थियो । गत बिहीबार दर्शकका लागि पनि यो प्रयोग गर्न दिइएको थियो।

चोरी भएको यो सुनको ट्वाइटेल फेला परेको छैन । तर प्रहरीले शंकास्पद एक ६६ वर्षीय व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार सुनको ट्वाइटेल चोरीका कारण दरबारको भौतिक संरचनामा पनि क्षति पुगेको छ । किनकि ट्वाइटेल त्यहाँबाट उखेलेर लाँदा त्यहाँ पानी भरिएको छ ।

अठारौँ शताब्दीको ब्लेनेहम दरबार एक विश्व विरासतस्थल हो । जहाँ बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो ।

सुनको ट्वाइलेट चोरी भएपछि हालले यो दरबार सर्वसाधारणका लागि बन्द गरिउको छ ।

ड्युक अफ मोलबोराका सौतेलो भाइ एडबर्ड स्पेन्सर चर्चिलले गत महिना दरबारको कलाकृतिहरु सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका थिए । उनको भनाइ थियो, दरबारका कुनै पनि वस्तु चोर्न निकै सजिलो छ ।

दरबारमा आउने सर्वसाधारणलाई राजगद्दी प्रयोग गर्न पनि अनुमति दिइएको छ । सर्वसाधारणले केबल ३ मिनेट राजगद्दी प्रयोग गर्न पाउँथे ता कि त्यो नबिग्रियोस् भनेर ।

प्रहरीका अनुसन्धान अधिकृत जेस मिलनले चोरी भएको सुनको ट्वाइलेट बहुमूल्य रहेको बताए । ‘हाम्रो अनुमान छ कि चोरीमा संलग्नहरुले दुईवटा गाडी प्रयोगको हुनुपर्छ’, उनी भन्छन्, ‘यद्यपि हामीले चोरी भएको सुनको ट्वाइलेट फेला पारिसकेका छैनौँ, अनुसन्धान गर्दैछौँ ।’

चोरीको घटनापछि ब्लेहेम दरबारले एक सूचना जारी गर्दै गत बिहीबारदेखि बन्द रहेको दरबार सर्वसाधारणका लागि आइतबारदेखि खुल्ने जनाएको छ ।

सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो सुनको ट्वाइटेल उपहारमा दिइने बेलायती सरकारले जनाएको थियो । –एजेन्सी