काठमाण्डौ । उच्च विन्दुमा पुगेको सुनको भाउ नेपाली बजारमा विगत तीन सातादेखि घटेको घट्यै छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको कारोबारको पहिलो दिन आइतबार आज पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । सुनको भाउ घटेर आइतबार प्रतितोला छापावाल सुन ७० हजार २०० रुपैयाँ र तेजाबी सुन ६९ हजार ९०० रुपैयाँमा झरेको छ ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल सुन ७० हजार ८०० र तेजाबी सुन ७० हजार ५०० रुपैयाँ थियो । गत शुक्रबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो ।

गत दुई साताको अवधिमा सुन तोलामा १ हजार १०० रुपैयाँले घटिसकेको छ ।

यसैगरी चाँदी पनि प्रतितोला आज आइतबार १५ रुपैयाँले घटेर ८ सय ४५ रुपैयाँ कायम भएको छ । गत साता शुक्रबार चाँदी प्रतिोला ८६० रुपैयाँमा कारोबार भएको थियो ।