काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आरालो लाग्ने क्रम जारी रहेको छ । यो साता कारोबारको पहिलो दिन आइतबार एकैपटक सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७१ हजार २०० रुपैयाँ र तेजाबी सुन ७० हजार ९०० रुपैयाँ कायम भएको छ ।

गत साता कारोबारको अन्तिम शुक्रबार प्रतितोला छापावाल सुन ७१ हजार ७०० रुपैयाँ र तेजाबी सुन ७१ हजार ४०० रुपैयाँ रहेको थियो ।

उता चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो ।