काठमाण्डौ । सुनको भाउमा फेरि रेकर्ड ब्रेक भएको छ । 

लगातार बढिरहेको सुनको मूल्य आइतबार पुनः बढेर ऐतिहासिक उचाईमा पुगेको हो । 

विगत ७ दिनदेखि सुनको भाउमा लगातार बढोत्तरी भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाएको हो । 

आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोलामा रु. ७०० रुपैयाँले बढेर प्रतिकित्ता ७८ हजार ८०० पुगेको हो । शुक्रबारसम्म नेपाली बजारमा सुन प्रतितोला ७८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । 

फागुन २ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला ७६ हजार रुपैयाँ रहेको थियो । ४ र ५ गते सुनको मूल्य ७६ हजार ५०० कायम भयो भने ६ गते ७६ हजार ७००, ७ गते ७७ हजार १००, ८ गते ७७ हजार ६०० कायम भएको थियो । 

कोरोना भाइरसको संक्रमणले आक्रान्त चीनमा कच्चा तेलको मागमा तीव्र गिरावट आएर मूल्य लगातार घटिरहँदा यसको प्रभाव सुनको भाउमा परेको हो । अन्तराष्ट्रिय बजारमै पनि सुनको भाउमा तीव्र बढोत्तरी भइरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको हो।

सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले अवस्था केही सातासम्म यही रहिरहे नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार भन्दा माथि पुग्नसक्ने विश्लेषण गरिरहेका छन् ।