काठमाण्डौ । आइतबार सुनको भाउमा ठूलै गिरावट आएको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा प्रतितोला रु. १ हजार २०० ले गिरावट आएको हो । 

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७९ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७८ हजारमा झरेको हो । 

यो दिन फाइन गोल्ड प्रतितोला ७८ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड प्रतितोला ७७ हजार ७०० मा कारोबार भइरहेको छ ।

यो महिनाको १२ गते सुनको मूल्य सर्वाधिक उचाईमा पुगेको थियो । सो दिन सुन तोलाको ८० हजार ३०० मा कारोबार भएको थियो । त्यसपछि घट्न थालेको सुनको मूल्य केही दिन सामान्य घटबढमा रुमल्लिएकोमा आइतबार एकैदिन १२०० रुपैयाँको गिरावट देखिएको हो । 

सुनसँगै चादीको मूल्यमा पनि गिरावट आएको छ । यो दिन चाँदीको मूल्य प्रतितोला ८६० कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ थियो ।