काठमाण्डौ । सुनको मूल्यमा पहिरो खस्ने क्रमले निरन्तरता पाएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको मूल्यमा भारी गिरावट आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा एकैपटक १ हजार ५०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आइतबार प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार ७०० रुपैयाँ कायम भएको छ। 

गत साता कारोबारका अन्तिम शुक्रबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले घटेर प्रतितोला छापावाल ७८ हजार ५०० रुपैयाँ तेजाबी ७८ हजार २०० रुपैयाँ कायम भएको थियो।

यसैगरी चाँदीको भाउमा पहिरो जाने क्रम पनि रोकिएको छ। चाँदीको भाउ आज आइतबार पनि तोलामै ३० रुपैयाँको गिरावट आएर प्रतितोला ७९० रुपैयाँ कायम भएको छ।