काठमाण्डौ । नेपाली बजारमा यो साता सुनको भाउमा निकै उतार चढाव भएको छ।

यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढे पनि समग्र यो साताभरि तोलामा ३ हजार रुपैयाँको गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार तोलामै एकैदिन १ हजार ५०० रुपैयाँ घटेर प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो। त्यस्तै गत बुधबार तोलामा ५०० रुपैयाँको बढोत्तरी आउँदै प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँ कायम भएको थियो। 

कारोबारको तेस्रो दिन मंगलबार भने तोलामा एकै दिन २ हजार रुपैयाँको गिरावट आउँदै छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँ कायम भएको थियो। गत सोमबार भने तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७७ हजार २०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार भने तोलामा एकैपटक १ हजार ५०० रुपैयाँको गिरावट आउँदै प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी ७६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।