काठमाण्डौ । अघिल्लो साता निरन्तर उकालो लागेको सुनको भाउ आइतबार स्थिर रहेकोमा सोमबार चाहि सामान्य सस्तो भएको छ । 
 

आइतबार स्थानीय बजारमा प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको सुनको भाउ सोमबार प्रति तोलामा एकसय रुपियाँ घटेर ५५ हजार ४ सय कायम भएको हो । 
 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब दुई सातासम्म उकालो लागेको सुनको भाउ सोमबार पहिलोपटक घटेको हो । अन्तराष्टिय बजारमा सुनको भाउ उकालो लाग्ने क्रम जारी नै रहेकोले सामान्य घटे पनि आगामी दिनमा भाउ अझै उकालो लाग्नसक्ने आँकलन गरिएको छ । 
 

यसैगरी, आइतबार प्रति तोला ७ सय ४५ मा कारोबार भएको चाँदीको भाउ सोमबार भने प्रति तोलामा ५ रुपियाँले घटेको छ ।