काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमीटेडले सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका वडानम्बर ४ मा आफ्नो ५१ ऋौं शाखा स्थापना गरेको छ । 

“ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता”अन्तर्गत बहुसंख्यक जनता(ग्राहक)लाई बैंकिङ्ग सेवा पर्याउने घोषित नीति अनुरुप हरिनगरामा शाखा स्थापना गरिएको बैंकले जनाएको छ । 

सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरे । सो कार्यक्रमको सभापतित्व विकास बैक संचालक समितिका अध्यक्ष सुशील पराजुलीले गरेका थिए भने स्वागत मन्तव्य नायव सीयओ उमेश रेग्मीले राखेका थिए । 

स–साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरी तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकको भनाई छ । 

बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखासहित कुल ५१ वटाशाखा सञ्जालहरु र १२ वटा एटीउमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।