काठमाण्डौ । सरकारले लामो समयदेखि बन्द रहेको सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय गरेसँगै मंगलबारदेखि सुुन्दर यातायातले बस सञ्चालन गर्ने भएको छ । 

कम्पनीले आफूसँग उपलब्ध चारवटा विद्युुतिय बसमार्फत चक्रपथ परिक्रमा गर्ने गरी सेवा सुुचारु गर्न लागेको हो । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नेपाल भित्रिनुुअघिनै सुुन्दर यातायातले बसमा चढ्ने सबै यात्रुुको ज्वरो परीक्षण गरेर मात्रै सवार गराउने गरेको र अहिले पनि सम्पूर्ण सुुरक्षाका साथ सेवा सञ्चालन गर्न लागेको एक विज्ञप्तिमार्फत जनाएको छ । 

बसमा यात्रा गर्ने यात्रुुको स्वास्थ्य सुुरक्षाका लागि निशुुल्क मास्क र सेनिटाइजर उपलब्ध गराउने र बसको प्रत्येक एक राउण्ड यात्रा पश्चात बसलाई संक्रमणमुुक्त गर्ने जनाएको छ । यसका साथै चालक र सहचालक दुुवैलाई छुुट्टै पञ्जा, सेनिटाइजर, पिपिई बुुट र मास्कको व्यवस्था गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले सरकारले ५० प्रतिशत भाडा बढाउने गरेको निर्णयलाई लागू नगर्ने उल्लेख गर्दै पुुरानै भाडादरमा सेवा प्रदान गर्ने जनाएको छ । सुुन्दर यातायात नेपालको सार्वजनिक यातायात क्षेत्रमा पहिलो पटक विद्युुतीय बस सेवा सञ्चालन गर्ने कम्पनी हो।