काठमाण्डौ । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङसहित राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । 

मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमकाबीच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । 

मोवाइल सम्बन्धी सबै सेवा एकै छानामुनि दिने लक्ष्यसहित दशैंको पूर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिति जनाएको हो । 

नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुटसहित मोबाइल मेला सुरु गरेको हो । 

असोज ३१ गतेसम्म सञ्चालन हुने दशैं धमाका साथै अफरभित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन् । शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिने बताइएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्धनिर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । 

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा उपलब्ध हुनेछ । 

हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ । 

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलोपटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।