काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज मंगलबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै मंगलबार प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ कायम भएको छ।  तेजाबी सुन भने तोलामा ९५ रुपैयाँ घट्दै ९० हजार ७६५ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामै ७०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो। यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो। 

यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि चाँदीको भाउ भने स्थिर रहँदै ९४५ रुपैयाँ कायम भएको छ। चाँदीको भाउ आइतबार र सोमबार पनि तोलाको ९४५ रुपैयाँमै कारोबार भएको थियो।