काठमाण्डौ । लगातार रेडर्क कायम गरिरहेको सुनको भाउ नेपाली बजारमा आइतबार तालमा एकैदिन ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि गत बिहीबार प्रतितोला छापावाला सुन ७१ हजार ५०० र तेजाबी सुन ७१ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन नेपालको इतिहासमा सुनको मूल्य इतिहासमै उच्च हो । गत बिहीबार सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ भने स्थिर थियो ।

अमेरिक–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् । यद्यपि बुधबार सुनको भाउ घटेपछि पुनः बढ्ने सक्ने व्यवसायीहरुले अनुमान छ ।

लगातार सुनको भाउ बढ्न थालेपछि बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेको छ ।