काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

गत साता कारोबारको पहिलो दिन आइतबार एकैपटक १ हजार २०० रुपैयाँले बढेर किनबेच भएको सुनको मूल्यमा यो साताको पहिलो दिनै गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

गत साता शुक्रबार सुनको भाउ तोलामा एकैपटक १ हजार रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७२ हजार ४०० र तेजाबी ७२ हजार १०० रुपैयाँ कायम भएको थियो । समग्रीमा गत साता सुन भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको थियो ।