काठमाण्डौ । यो साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा रु ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा रु. ४०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल रु ७१ हजार २०० र तेजाबी रु ७० हजार ९०० मा कारोबार भइरहेको छ ।

यो साता कारोबारको पहिलो दिन आइतबार दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको थियो । दुवै दिन गत शुक्रबारको तुलनामा तोलामा रु १०० ले घटेर प्रतितोला छापावाल सुन रु ७१ हजार ६०० र तेजाबी रु ७१ हजार ३०० मा कारोबार भएको थियो । गत शुक्रबार सुन प्रतितोला छापावाल रु ७१ हजार ७०० र छापावाल रु ७१ हजार ४०० कायम भएको थियो ।

उता चाँदीको भाउ यो साताको पहिलो र दोस्रो कारोबार दिनको तुलनामा मंगलबार तोलामा रु ५ ले घटेर र. ८५० कायम भएको छ । चाँदीको भाउ आइतबार र सोमबार समान तोलाको रु ८५५ रुपैयाँ थियो ।