काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा रु २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलमा रु.२०० ले घटेर प्रतितोला छापावाल सुन रु. ७२००  र तेजाब सुन रु. ७१ हजार ७०० कायम भएको छ । हिजो बुधबार एकैदिन तोलामा रु ८०० ले बढेर प्रतितोला छापावाल सुन रु. ७२ हजार २०० र तेजाबी सुन रु.७१ हजार ९०० रुपैयाँ कायम भएको थियो । यो मंसिर महिनायताकै उच्च भाउ हो ।

यो साताको सोमबार र मंगलबार सुन प्रतितोला छापावाल रु. ७१ हजार ४०० र तेजाबी रु. ७१ हजार १०० मा कारोबार भएको थियो । जुन कारोबारको पहिलो दिन आइतबारको तुलनामा रु. २०० ले घटेको थियो । आइतबार प्रतितोला छापावाल सुन रु. २१ हजार ६०० र तेजाबी सुन रु. ७१ हजार ३०० थियो ।

उता चाँदीको भाउ बिहीबार तोलामै रु. १५ ले घटेर प्रतितोला रु ८५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एकैदिन रु. १५ बढेर प्रतितोला रु. ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

कारोबारको पहिलो दिन आइतबार प्रतितोला रु. ८५५ रहेको चाँदीको भाउ सोमबार र मंगलबार भने रु. ५ घटेर रु.८५० मा कारोबार भएको थियो ।