काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साता कारोबारको पाँचौँ दिन बिहीबार थोरै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार सुनको तोलामा २०० रुपैयाँले घटेर प्रतितोला छापावाला ७५ हजार ७०० रुपैयाँ र तेजाबी ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ८८० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ प्रतितोला ८७५ रुपैयाँ रहेको थियो ।