काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार दराजले दराज फस्ट गेम्स (डिएफजी) आज शुक्रबारदेखि सुरु गरेको छ।
दराज फस्ट गेम्स दराज एपमा एउटा रमाइलो गेमिङ प्लेटफर्म हो। जहाँ दाराज प्रयोगकर्ताले निःशुल्क अनलाइन गेमहरू खेल्न सक्दछन् र दराज भाउचरहरूसहित अन्य रोचक पुरस्कारहरु जित्न सक्छन्।
पछिल्ला केही महिनामा लुडोजस्ता गेमिङ एपहरु खुब लोकप्रिय भएका छन्। घर बसीबसी बोर भएका अधिकांशका लागि गेमिङ एपहरु एक राम्रो मनोरञ्जनको स्रोत बन्न पुगेका छन्। साथै यस्ता प्लेटफर्मले प्रयोगकर्तामा पनि ठूलो वृद्धि देखेका छन्। 
नेपालका ग्राहकबीच त्यस्तो मनोरन्जनको बढ्दो माग पूरा गर्न दराजले विश्वकै सबैभन्दा लोकप्रिय गेमिङ प्लेटफर्महरुमध्ये एक पेटीएम फस्ट गेम्ससँग मिलेर डिएफजी सुरु गर्दैछ। पेटीएमसँगको साझेदारीका साथ दराजले पेटीएमको उच्च प्रविधि र डिजिटल गेमिङ क्षेत्रमा रहेको अनुभवको फाइदा लिन सक्नेछ र डीएफजीका साथ दराज प्रयोगकर्ताले एउटै प्लेटफर्ममा सबै प्रकारका विश्व प्रसिद्ध गेमहरूको मज्जा लिन सक्दछन्। 
दराज फस्ट गेम्समा प्रयोगकर्ताले रेसिङ, एक्सन, सुटिङ र आर्केड तथा अन्य अरु प्रकारका गेम निःशुल्क खेल्न पाउनेछन्। यसका साथै गेमरहरूले दुवै टुर्नामेन्ट  मोड र १ः१ मोडमा भाग लिन सक्दछन्। जहाँ उनीहरूले आफ्ना साथीभाइ, परिवार, वा अन्य प्रयोगकर्तासँग अनलाइन खेल्न सक्नेछन्। 
प्रयोगकर्ताले डीएफजीमार्फत रु. १६ सय सम्मको भाउचरसहित अन्य रोचक पुरस्कार जित्न सक्नेछन्। जुन उनीहरूले अनलाइन सपिङ गर्दा प्रयोग गर्न सक्दछन्।
प्रयोगकर्ताले डीएफजी केवल दराजको एन्ड्रोइड एपमा खेल्न सक्दछन्। खेल्न र जित्न प्रयोगकर्ताले तल दिएअनुसार गर्नुपर्नेछ –
१. दराज एप डाउनलोड गर्नुहोस् अनि  खोल्नुहोस्,
२. दराज अकाउन्ट खोल्नुहोस् र लगइन गर्नुहोस्,
३. होमपेजमा डीएफजीको आइकनमा ट्याप गर्नुहोस्,
४. खेल खेल्न र अंकहरू जित्नका लागि कुनै पनि गेम चयन गर्नुहोस्।
‘हाम्रो मुख्य उद्देश्य भनेको दराज प्रयोगकर्तालाई सबैभन्दा आकर्षक र रमाइलो विश्व चर्चित गेमहरू प्रदान गर्नु हो। डिजिटल मनोरन्जनका लागि अहिले उच्च माग छ र हामी दराज प्रयोगकर्तामाझ यसको सजिलो पहुँच बनाउन चाहन्छौँ। हामी यसले देशको टेक्नोलोजी उद्योगको विकासका लागि पनि उत्प्रेरकका रूपमा काम गर्नेछ भन्नेमा विश्वास राख्दछौँ’, दराज नेपालका ट्राफिक अपरेशन प्रमुख विद्या प्रधानले भने।
पेटीएम फस्ट गेम्सका चीफ अपरेटिङ अफिसर सुधांशु गुप्ताले भने, ‘मोबाइल गेमरहरुबीच सबैभन्दा आकर्षक र नवीन अनुभवहरू ल्याउने हाम्रो लक्ष्य हो। मोबाइल गेमिङको दक्षिण एसियाई क्षेत्रमा वृद्धि भइरहेको छ र हामी यसको विकास गर्न चाहने एउटै मिसन भएकाहरुसँग साझेदारी गर्ने प्रयास गरिरहेका छौँ। हामी दक्षिण एसियामा विश्वस्तरीय गेमिङ अनुभव सुरु गर्न दराजसँग साझेदारी गर्न पाउँदा रोमाञ्चित छौं। यस साझेदारीको साथ हामी लुडो र ई–स्पोर्ट्सजस्ता गेमहरुमार्फत विश्वसमान सफलता दोहोर्याउने आशा राख्छौँ।’
हाल गेमरहरूले दराज फस्ट गेम्समा १९ वटा गेमहरु खेल्न सक्नेछन्। जसमा लुडो, निन्जा डुअल, बाइक रेसिङ र अन्य धेरै समावेश छन्। दराजले आगामी दिनहरूमा अझै धेरै गेमहरु थप्नेछ।