काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार सुर्खेतको सिम्टामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको योे दोस्रो शाखा हो । 

अब, लक्ष्मी बैंकको शाखा सञ्जाल ७७, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।